Logo
Logo
स्वास्थ्य र सौन्दर्य

एरोमा थेरापी र यसबाट हुने फाइदा


डा. रेखा थापा


सुगन्धको प्रयोगबाट गरिने उपचार पद्धतिलाई ‘एरोमा थेरापी’ भनिन्छ । विशुद्ध तेल (जसलाई इसेन्सियल ओयल पनि भनिन्छ ।) बाट उपचार गरिने पद्धति हो । यसले शारीरिक, मानसिक र अध्यात्मिक रुपमा शरीरलाई सन्तुलनमा राख्छ ।

यसमा शतप्रतिशत शुद्ध ‘एरोमा ओयल’ प्रयोग गरिन्छ । जुन वनस्पतिबाट बनेको हुन्छ । वनस्पतिको फूल, पात, हाँगा, बोक्रा, जरा, फल तथा बिजबाट ‘प्रेसिङ र डिस्टिलिङ’ प्रक्रियाबाट ‘इसेन्सियल ओयल’ बनाइन्छ ।

इसेन्सियल ओयल एन्टीसेप्टीक, एन्टी ब्याक्टेरियल र एन्टी अक्सिडेन्ट हुन्छन् । इसेन्सियल ओयल खान मिल्दैन । शरीरको वाह्य भागमा प्रयोग गर्दै सुगन्धबाट नै उपचार गरिन्छ । इसेन्सियल ओयलको वास्ना लिएपछि यसको सुगन्धले ‘अलफ्याक्ट्री सिस्टम’लाई सक्रिय बनाउँछ । त्यसपछि वास्ना दिमागसम्म पुग्छ । उक्त वास्नालाई दिमागले आवश्यक ठाउँमा प्रयोग गर्छ ।

इसेन्सिसयल ओयल छालाले सोसेर पनि शरीरको भित्री भागम्म पु¥याउँछ । तर, इसेन्सिसयल मात्र छालामा प्रयोग गर्न नमिल्ने भएकाले अन्य तेलसँग मिसाएर प्रयोग गर्नुपर्ने हुन्छ । यसलाई ओलिभ ओयल, तील ओयल, कोकोनट ओयल, सनफ्लावर ओयल, जोजोवा ओयल, ग्रेपसिड ओयल जस्ता तेलमा केही थोपा मिसाएर मसाज गर्न सकिन्छ ।

इजिप्सियनहरुले पाँच हजार वर्षभन्दा अगाडीबाट एरोमा थेरापी गर्दै आएको अध्ययनहरुले बताउँछ । विभिन्न रोगको उपचारका लागि ‘इसेन्सियल ओयल’ प्रयोग गर्दै आएको पाइन्छ । वर्षौदेखि इसेन्सियल ओयल परफ्यूमको रुपमा प्रयोग हुँदै आएको छ ।

मांशपेशीलाई टाइट र टोन गराउँछ । साथै दुखाई पनि कम गर्छ । विभिन्न कस्मेटिक सामग्रीमा इन्सेन्सियल प्रयोग भएको पाइन्छ । हामी आफैले पनि एलोभेरा जेल वा सुगन्धरहित क्रिममा इसेन्सियल ओयल मिसाई प्रयोग गरेर लाभ लिन सकिन्छ ।

इजिप्सियनहरुले पाँच हजार वर्षभन्दा अगाडीबाट एरोमा थेरापी गर्दै आएको अध्ययनहरुले बताउँछ । विभिन्न रोगको उपचारका लागि ‘इसेन्सियल ओयल’ प्रयोग गर्दै आएको पाइन्छ । त्यस्तैगरी रोमनहरुले पनि सुन्दरता बढाउन यसको प्रयोग गर्दै आएका छन् । वर्षौदेखि इसेन्सियल ओयल परफ्यूमको रुपमा प्रयोग हुँदै आएको छ ।

धेरै प्रकारका उपचार विधिबाट निको नाभएका समस्याहरु एरोमा थेरापीबाट निको भएको खोज तथा अनुसन्धानहरुले देखाएको छ । डीप्रेसन, तनाव, निन्द्रा नलाग्ने, भोक नलाग्ने, थकान धेरै हुने, खाना अपच हुने, डिहाइड्रेसन, भोमिटिङ, शरीर दुख्ने, टाउको दुख्ने, कपाल झर्ने र छालाका विभिन्न समस्याहरुको ‘एरोमा थेरापी’बाट राम्रो उपचार गर्न सकिन्छ ।

यस उपचार विधिबाट कतिपय रोग निको नहोला तर सहयोगी उपचार भने पक्कै हुन्छ । एरोमा थेरापीले शारीरिक तथा मानसिक अरुपमा स्फुर्त गराई हर्माेनलाई समेत सन्तुलनमा राख्ने भएकाले अन्य उपचारका लागि सहयोगी बन्नसक्छ ।

घरमा एरोमा थेरापी कसरी गर्ने ?

वर्षाैदेखि एरोमा ओयल प्रयोग गरिँदै आएको छ । तर, यसको प्रभाव प्रयोगअनुसार हुन्छ । हामीले कुनै न कुनै अवस्थामा लेभेन्डर, टिट्रि, लेमन, पेपरमिन्ट, ओरेन्ज, केमोमाइल, ल्याङ्ग युकिलिप्टस, जेरेनियम, जास्मिन, रोज, क्लेरीसेज, वेसिल, ग्रीन–टी जस्ता ओयलहरु प्रयोग गर्दै आएका छौं । प्रस्तुत तेलहरु प्रयोग गरेर घरमै पनि ‘एरोमा थेरापी’ गरी स्वस्थ रहन सकिन्छ । एरोमा थेरापीका विधिहरु प्रस्तुत छन्ः

वाथिङ : ‘वाथ टव’ वा बाल्टीमा इसेन्सियल ओयलको केही थोपा राखेर नुहाउँदा फ्रेस भइन्छ । यसले शरीरको थकान र दुखाई कम गर्छ । यसका लागि पेपरमिन्ट वा लेमन ओयल प्रयोग गर्न सकिन्छ ।

इन्हालेसन : रुमाल वा टिस्यूमा केही थोपा इसेन्सियल ओयल राखेर वास्ना लिँदा रुखाखोकी, टाउको दुखाई, डिप्रेसन र अनिद्रा जस्ता समस्या हटाउन मद्दत गर्छ । अनिद्रा, डिप्रेसन र तनाव कम गर्न ‘क्लेरीसेज ओयल’ प्रयोग गर्न सकिन्छ । सिरानीमा २–३ थोपा राखेर सुत्न सकिन्छ ।

स्टिमिङ : एरोमा इसेन्सियल ओयल प्रयोग गरी वाफ लिंदा मुड राम्रो हुन्छ ।

एरोमा क्याण्डल : कोठामा एरोमा क्याण्डल जलाउँदा सकारात्मक ऊर्जा फैलिन्छ र फ्रेस भइन्छ ।

एरोमा डिफ्युजर ः एरोमा डिफ्युजरले कोठा तथा हललाई नै सुगन्धित बनाउँछ । यो सकारात्मक ऊर्जाको लागि राम्रो हुन्छ । जस्मिनलाई एरोमा डिफ्युजरको लागि प्रयोग गर्न सकिन्छ ।

मसाज : मसाज ओयलमा इसेन्सियल ओयल मिसाई मसाज गर्दा ‘नर्भस सिस्टम’ सक्रिय हुन्छ । रक्तसञ्चार तीव्र हुनका साथै मांशपेशीलाई पनि टाइट बनाउँछ । यसका लागि जस्मिन, लेभेन्डर, रोजजस्ता ओयल सबैलाई सहज हुनसक्छ ।

सावधानी
पूर्णतया प्राकृतिक उपचार भए पनि सबैका लागि उपयुक्त नहुनसक्छ । कुनै इसेन्सियल ओयल ‘एलर्जीक’ हुन्छ भने कुनै ‘टक्सिक’ हुन्छ । एरोमा इसेन्सियल ओयल खानु वा निल्नु हुँदैन । यसले शरीरका मुख्य अङ्गहरु कलेजो तथा मृगौलालाई असर पु¥याउनसक्छ । त्यसैले शरीरको वाह्य भागमा मात्रै प्रयोग गर्नुपर्ने हुन्छ । एरोमा इसेन्सियल ओयल छाला टेस्ट गरेर मात्रै प्रयोग गर्नु उपयुक्त हुन्छ ।

रुघा, ज्वरो, दम, एक्जिमा, सोराइसिस, हाइपरटेन्सन, प्रेग्नेन्सी र एलर्जी जस्ता समस्या रहेको बेला ‘इसेन्सियल ओयल’ प्रयोग गर्दा विशेष ख्याल गर्नुपर्छ । इसेन्सियल ओयलमा कन्सनट्रेसन धेरै हुने भएकोले थोरै मात्रामा मिसाउनुपर्छ । जति थोरै प्रयोग ग¥यो उति नै राम्रो र प्रभावकारी परिणाम पाउन सकिन्छ । एलर्जी भएमा प्रयोग बन्द गर्नुपर्छ ।

प्रस्तुत विधि अपनाएर तपाई पनि घरमै एरोमा थेरापी गर्न सक्नुहुन्छ । विभिन्न समस्याहरुबाट छुटकारा पाउन तपाईका लागि एरोमा थेरपी उपयुक्त हुनेछ । विशेषज्ञबाट उचित सल्लाह लिएर एरोमा थेरापी गरे झनै उपयुक्त हुन्छ ।

प्रतिक्रिया दिनुहोस्