Logo
Logo

नबिल बैंकले युनाइटेड फाइनान्स प्राप्ति गर्ने प्रस्ताव पारित


दृष्टि संवाददाता


काठमाडौं । नबिल बैंकको विशेष साधारणसभाले युनाइटेड फाइनान्सलाई एक्विजेसन (प्राप्ति) गर्नेसम्बन्धी प्रस्ताव पारित गरेको छ ।

युनाइटेड फाइनान्सको सम्पत्ति र दायित्व मूल्यांकनका आधारमा सेयर मूल्य अनुपात १००ः३५ लाई विशेष साधारणसभाले स्वीकृति दिएको हो । यो व्यवस्थाअनुसार युनाइटेड फाइनान्सका सेयरधनीहरूले १०० कित्ता सेयरबराबर नबिल बैंकको ३५ कित्ता सेयर प्राप्त गर्नेछन् ।

युनाइटेड फाइनान्सलाई प्राप्ति गरेपछि नबिल बैंकको चुक्ता पुँजी १३ अर्ब ८४ करोड पुग्नेछ भने कुल पुँजी कोष ३२ अर्ब ६८ करोड हुनेछ । साथै, नबिल बैंकका शाखा सञ्जाल १ सय ४७ पुग्नेछन् भने एटिएम संख्या १ सय ८९ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्