Logo
Logo

१२ सहायकरथीको सरूवा


दृष्टि संवाददाता

485.1k
Shares

काठमाडौं । नेपाली सेनाका १२ जना सहायकरथीको सरुवा भएको छ ।

सैनिक मुख्यालय स्रोतका अनुसार प्रधानसेनापति पूर्णचन्द्र थापाले दुई महत्वपूर्ण विभागका प्रमुखसहित १२ जना सहायकरथीको सरुवा गरेका हुन् ।

सहायकरथीहरु विजय थापा कल्याणकारी निर्देशनालयमा, प्रकाश देउजा २ बाहिनी, मानबहादुर महरा ५ बाहिनी, कृष्णदेव भट्ट नितिमा र नकुल रायामाझीको रणनीति निर्देशनालयमा सरुवा गरिएको छ ।

प्रधानसेनापति थापाले प्रधानसेनापतिको सैनिक सहायकमा चोकबहादुर ढकाल र सैनिक सचिवमा सुनिल श्रेष्ठको सरुवा प्रस्ताव गरेका छन् । सेनामा सैनिक सचिव र सैनिक सहायक सबैभन्दा महत्वपूर्ण र शक्तिशाली विभाग मानिन्छ ।

ढकाल र श्रेष्ठदुवै जना २८ बेसिकका सैनिक अधिकृत हुन । उनीहरुले चीनबाट एनडिसी गरेका छन् । सेनामा दुवै जना व्यवसायिक र ऐकेडेमिक अधिकृतका रुपमा चिनिन्छन्

प्रतिक्रिया दिनुहोस्