Logo
Logo

राससको महाप्रबन्धकमा सिद्धराज राई नियुक्त


दृष्टि संवाददाता


काठमाडौं । समाचार प्रदायक संस्था राष्ट्रिय समाचार समिति (रासस)को महाप्रबन्धक (जिएएम)मा पत्रकार सिद्धराज राई नियुक्त भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले राईलाई चार वर्षका लागि नियुक्त गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले जानकारी दिए । रासस सरकारी स्वामित्वमा सञ्चालित संस्था हो ।

राससको महाप्रबन्धकका लागि १२ जनाको आवेदन परेको थियो । महाप्रबन्धकमा राईसँगै सुरेन्द्र नेपाली, श्याम रिमाल, मनोहरि थापा, बालकृष्ण बस्नेत, टेकराज थामी, विजय पौडे, माधव ढुंगेल, सुर्यमणि गौतम, दीपक ज्ञवाली, रामहरि सिलवाल र श्याम भट्टको आवेदन परेको थियो ।

धनकुटाको शहिदभूमि गाउँपालिका निवासी राई विगत दुई दशकदेखि पत्रकारितामा क्रियाशिल छन् । हाल उनी देखापढी डटकममा कार्यरत छन् ।

यसअयघि राईले नागरिक दैनिक, नेपाल समाचारपत्रलगायतका सञ्चारमाध्यममा काम गरेका थिए ।

आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर गरेका राई नेपाल पत्रकार महासंघको पूर्वाञ्चल सहसंयोजक एवं केन्द्रीय सदस्य र प्रेस चौतारी नेपालको पनि केन्द्रीय सदस्य भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्