Logo
Logo
दृष्टिका १० हेड्लाइन्स् :

कोरोनाको नयाँ भेरियन्ट पुष्टिदेखि भ्याकेटमा जाने निर्णयप्रति माधव समूहको आपत्तिसम्म


दृष्टि संवाददाता


हेड्लाइन्स् :

१. कोरोना संक्रमणबाट थप ४६ जनाको मृत्यु, १० हजार ९ सय ४ जनामा गरिएको परीक्षणमा ३ हजार १ सय ३० जना संक्रमणमुक्त, २ हजार २ सय ९७ जनामा संक्रमण पुष्टि, कोरोनाको डेल्टा भेरियन्टको नयाँ म्युटेसन नेपालमा भेटिएको स्वास्थ्य मन्त्रालयद्वारा पुष्टि, नेपालसहित १० देशमा भेटिएको कप्पा भेरियन्ट अझ बढी संक्रामक रहेको विज्ञको भनाई ।

२. नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कर्णाली प्रदेश सांसदहरुमाथि गरिएको कारवाही अदालतले उल्टाएपछि फेरि भ्याकेटमा जाने एमाले अध्यक्ष केपी ओली समूहको निर्णयप्रति जनाए आपत्ति, पार्टी एकतालाई भंग गर्ने दिशामा लैजान खोजिएको तर्क, सत्ता जोगाउनका लागि संविधान विरोधी र दक्षिणपन्थी तत्वसँग आत्मसमर्पण गर्ने कुराले एकतावद्ध पार्टी बनाउने प्रयासविरुद्ध को लागेको छ सहजै देख्न सकिने समेत नेपालको टिप्पणी ।

३. निर्वाचन आयोग जनता समाजवादी पार्टीमा देखिएको आधिकारितासम्बन्धी विवादको निरूपण प्रक्रियामा प्रवेश , उपेन्द्र यादव पक्षले जसपाको आधिकारिकता दाबी गरेपछि निर्वाचन आयोगले माग्यो महन्थ ठाकुर पक्षसँग जवाफ, लिखित जवाफ पेस गर्न १५ दिनको समय, मागदाबी आइसकेपछि आयोगले अर्को पक्षसग मागदाबी गर्दा पेस भएका कागजात तथा प्रमाणको प्रतिलिपि पठाएर लिखित जवाफ माग्नुपर्ने कानुनी प्रावधान ।

४. नेकपा माओवादी केन्द्रले नेकपा विभाजनपछि एमालेतर्फ लागेका स्थानीय तहका १४ जना जनप्रतिनिधिको पद रिक्त गराउन निर्वाचन आयोगमा बुझायो विवरण, निर्णयको माइन्युटसहित माओवादी केन्द्रले दुई नगरपालिकाका मेयर,गाउँपालिका अध्यक्षसहित विभिन्न जिल्लाका वडाध्यक्ष र सदस्यको पद रिक्त गराउन आयोगलाइ कारवाहीको पत्र, पद रिक्त गराउन पत्राचार गरिएकामध्ये अधिकांश रौतहट र कैलालीका जनप्रतिनिधि ।

५. कांग्रेसको आगामी महाधिवेशनमा आफूलाई सहयोग गर्न उपसभापति विमलेन्द्र निधिलको महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई आग्रह, नेतृत्वमा परिवर्तन ल्याउनै पर्ने भएकोले सबै पक्षसँग छलफल आवश्यक रहेकोमा महामन्त्री कोइरालाको जोड, आफू सभापतिको तयारीमा रहेको भन्दै सहयोग गर्न निधि र कोइरालालाई पूर्वमहामन्त्री सिंहको आग्रह ।

६. जनता समाजवादी पार्टीका लुम्बिनी प्रदेशका चार सांसदको पद रहने कि नरहने भन्ने मुद्दाको पूर्ण सुनुवाइ असार २१ गते हुने, अदालतले प्रदेश निर्वाचन आयोग लुम्बिनीको लिखित जवाफ म्यादभित्र पेस नभएको र अन्यको लिखित जवाफ पेस भइसकेको भन्दै रिट निवेदनको संवेदनशीलतालाई विचार गरी असार २१ गते पूर्ण सुनुवाइको आदेश, सर्वोच्चले अन्तिम फैसला नगरेसम्म सबैको सांसद पद कायम रहने ।

७. मनसुनपछिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी पछिल्लो एक सातामा २० जनाको मृत्यु, २१ बेपत्ता र २० जना घाइते , ८०६ जनाको उद्धार , बाढीपहिरो र डुबानमा परी सिन्धुपाल्चोकमा २० र बाजुरामा एक घाइते, सात सय ४८ घरका तीन हजार २५८ जना विस्थापित, विपद्मा ६ सय ३० पशु चौपाया मरे ।

८. पाँच दिनमै झण्डै २०० अंक घट्यो सेयर बजार, कारोबार रकम भने १२ अर्बहाराहारी, सोमबार मात्रै ७१ अंकको गिरावट, पाँच दिनमा २ खर्ब ७८ अर्बले घट्यो लगानीकर्ताको सम्पति,बजार पूँजीकरण ४० खर्ब तल झर्यो, प्रभु सेलेक्ट फण्डको इकाई नेप्सेमा सूचीकृत, मंगलबारदेखि कारोबारमा आउने,खानेतेलको भाउ घट्दा उपभोक्तालाई राहत, बजारमा तोरीको तेल सबैभन्दा सस्तो ।

९. क्यानद्वारा राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सीका लागि डिजाइन छनोट गर्न बनायो समिति, समितिमा क्यानका केन्द्रीय सदस्य छुम्बी लामा, जेनेरल म्यानेजर रौनक मल्ल र क्रिकेट म्यानेजर विनोद दास, युरोकपमा आज चार खेल, पौने १० बजे युक्रेनले अष्ट्रिया र नर्थ मेसोडोनियाले नेदरल्याण्डससँग प्रतिस्पर्धा गर्दै, पौने १ बजे फिनल्याण्डले बेल्जियम र रुसले डेनमार्कसँग खेल्दै ।

१०.र, उत्तर कोरियासँग वार्ता गर्ने अमेरिकी प्रस्ताव, सम्बन्ध सुधारको अपेक्षा, ग्रिनेड विस्फोट हुँदा पाकिस्तानमा तीन किशोरको मृत्यु, कोरोना संक्रमण घटेपछि भारतमा रेष्टुरेन्ट, पार्क र छायांकन खुला, अमेरिकाको आलाबामा १८ वटा सवारी दुर्घटना, १० जनाको मृत्यु, म्यानमारमा सैनिक कु भएयता १ लाख ७५ हजार बासिन्दा विस्थापित भएको राष्ट्रसंघको ठहर ।

North Korea Slams Biden's New Approach to Diplomacy | Voice of America -  English

प्रतिक्रिया दिनुहोस्