तिनाउ संरक्षणमा अर्ब सकियो, समस्या जस्ताको तस्तै « Drishti News – Nepalese News Portal
Logo

तिनाउ संरक्षणमा अर्ब सकियो, समस्या जस्ताको तस्तै


दामोदर खनाल/दृष्टि संवाददाता


बुटवल । गएको दश वर्षमा तिनाउ नदी संरक्षणको नाममा करिब एक अर्ब रुपैयाँ सकिएको छ । तर पनि हरेक वर्ष नदी किनारका बासिन्दालाई बाढीको त्रास उस्तै छ । जसका कारण तिनाउ संरक्षणमा लगानी बालुवामा पानी सावित भइरहेको छ ।

तिनाउ नदी नियन्त्रणका लागि प्रत्येक वर्ष जनताको तटबन्ध कार्यक्रमअन्तर्गत करोडौं रुपैयाँ लगानी भए पनि प्रत्येक वर्ष आउने बाढी र कटानबाट रुपन्देहीवासीले मुक्ति पाउन सकेका छैनन् । तिनाउ नदीमा प्रत्येक वर्षको वर्षामा आउने बाढीले घरटहरा बगाई करोडौंको धनमाल बगाउँदै आएको छ । यो वर्ष पनि तिनाउमा आएको बाढीले केही क्षति पु¥याइसकेको छ ।

यसपटक गत मंगलबार र बुधबार पनि तिनाउमा ठूलो बाढी आयो । जतिबेला नदी किनारका सयौँ बासिन्दा भागाभाग भए भने केही परिवार रातभर जागाराम बस्न बाध्य भए । २०५९ सालबाट बुटवल–११ नहरपुरमा बस्दै आएका लोकबहादुर विक भन्छन्, ‘पानी पर्दा एकदमै त्रास हुन्छ, रात परेपछि नदी सुसाउँछ कतिबेला के हुने हो भनेर निद्रा नै लाग्दैन । हाम्रो विकासको काम पनि गजब कै छ, असारमा पानी पर्न थालेपछि ठेकेदारहरु ढुंगा, तार, जाली बोकेर काम गर्न नदीमा आउँछन् ।’

तिनाउ नदीमा पटकपटक आएको बाढीले नदी किनारका चेकड्याम, वालहरु भत्काइदिएपछि तिनाउपुल आसपास र दक्षिणतिर देवीनगर, हात्तिसुड, मजुवा, दुर्गा मन्दिर क्षेत्रका सयाँै घर पनि जोखिममा परेका छन् । खासगरी नदीले ओगटेको भागमा बस्ती बस्नु, बुटवल र तिलोत्तमा नगरपालिका क्षेत्रमा पर्ने तिनाउको भूभागमा नदीजन्य पदार्थ जथाभावी उत्खनन हुँदा पनि सरोकारवाला निकायको ध्यान जान नसक्नुले तिनाउ संरक्षणको लागि जनताको तटबन्ध कार्यक्रमले गरेको काम प्रभावकारी हुन नसकेको स्थानीयको गुनासो छ ।

चार वर्ष अगाडि बाढीले बुटवल–१३ देवीनगर–बुद्धनगर जोड्ने महत्वपूर्ण झोलुङ्गे पुल बगाएको थियो । त्यसअघि र पछि पनि तिनाउले वर्षामा पटकपटक क्षति पु¥याउँदै आएको छ । कतिपय तिनाउ नदी बग्ने क्षेत्रमा नै सुकुम्बासीको ठूलो बस्ती रहेको छ । कतिपय नदीले चर्चेको भागमै बुटवल उपमहानगरपालिकाले सडक खानेपानीजस्ता विकास निर्माणका काम गरेर अव्यवस्थित बसोबासलाई प्रोत्साहित गरेका कारण पनि समस्या बल्झिरहेको छ । प्राविधिकका अनुसार नदीको बहाव क्षेत्र नदीको बीच भागबाट दायाँ बायाँ १५० मिटर भूभाग हो । तर यही नदीको भूभागमै बस्नेहरुले बढी समस्यामा पारेको प्राविधिकको भनाइ छ ।

चालु आर्थिक वर्षका लागि मात्र १२ करोड बजेट विनियोजन भएको कार्यालयका लेखा अधिकृत राजेन्द्र आचार्यले जानकारी दिए । त्यस्तै तत्कालीन जिविस र नगरपलिकालगायत विभिन्न निकायबाट पनि तिनाउ संरक्षणमा गएको १२ वर्षमा करिब २० करोड बढी रकम लगानी भइसकेको तथ्यांकले देखाउँछ । तर पनि काम प्रभावकारी हुन नसक्दा जनताको समस्या उस्तै छ ।

तिनाउको समस्या समाधान गर्ने उद्देश्यले तिनाउ, दानव र कन्चन नदी संरक्षणका लागि २०६६÷६७ सालबाट सुरु भएको जनताको तटबन्ध कार्यक्रमअन्तर्गत मात्र हालसम्म करिब ८६ करोड रुपैयाँ खर्च भएको छ । चालु आर्थिक वर्षका लागि मात्र १२ करोड बजेट विनियोजन भएको कार्यालयका लेखा अधिकृत राजेन्द्र आचार्यले जानकारी दिए । त्यस्तै तत्कालीन जिविस र नगरपलिकालगायत विभिन्न निकायबाट पनि तिनाउ संरक्षणमा गएको १२ वर्षमा करिब २० करोड बढी रकम लगानी भइसकेको तथ्यांकले देखाउँछ । तर पनि काम प्रभावकारी हुन नसक्दा जनताको समस्या उस्तै छ ।

नदी क्षेत्रमा पालिकाहरुले जथाभावी उत्खनन गर्नु र संरक्षणका लागि पर्याप्त बजेट विनियोजन हुन नसक्दा समस्या आएको जनताको तटबन्ध कार्यक्रम कार्यालयका इञ्जिनीयर सिमृतलाल चौधरी बताउँछन् । तिनाउ र दानव नदी संरक्षणका लागि बुटवल सिद्धबाबादेखि मर्चवारसम्म ४५ किलोमिटरको तिनाउ माष्टरप्लान पनि तयार भएको जानकारी दिँदै उनले भने यो आयोजनाका लागि करिब ६ अर्ब लागत लाग्छ ।

स्थानीय र सरोकारवालाहरु जनताको तटबन्ध कार्यक्रम आएर निकै खुसी थिए तर काम प्रभावकारी रुपले हुन नसकेपछि नदी किनारवासी चिन्तित देखिन्छन् । जनताको तटबन्द कार्यक्रमले बनाएको चेक ड्याम, बेडबार, तार जाली, ग्यावियन, स्परर, आरसिसी ढुंगाको वाल लगाउने काम पनि कतिपय ठाउँमा प्रभावकारी देखिँदैन भनी केही ठाउँका चेकड्याम, वाल, तारजाली बाढीले भत्काउनुका साथै बगाइदिएको छ ।

काममा पालिकाहरुसँग समन्वय हुन नसक्नु र नदीको बहाव क्षेत्रमै बस्ती बसेका कारण संरक्षणको काम प्रभावित भएको प्राविधिकको भनाइ छ । नेपाली कांग्रेस बुटवल उपमहानगरपालिकाका सभापति खेलराज पाण्डेले त असार ४ गने विज्ञप्तिमार्फत तिनाउ र दानवमा जथाभावी उत्खनन्ले नदीको बहावमा परिवर्तन आएको उल्लेख गर्दै ठूलो क्षतिसमेत भएकाले त्यसको जिम्मेवार बुटवल उपमहानगरपालिका रहेको ठहर गर्दै नदीबाट ढुंगा, बालुवा उत्खनन बन्द गर्न, क्षति भएका ठाउँका बासिन्दालाई उचित ठाउँमा व्यवस्थापन गर्न, तार जाली बाँधलगायतको व्यवस्था गर्नसमेत माग गरिएको छ ।

खासगरी तिनाउ संरक्षणका लागि सञ्चालित जनताको तटबन्ध कार्यक्रमको काम प्रभावकारी रुपमा हुन नसक्नु, निमार्ण भएको कुलोको बाँधहरु गुणस्तरीय नहुनु र तिनाउ नदीले ओगटेको भागमै अतिक्रमण गरेर बसोबास गरेका कारण यस क्षेत्रमा पटकपटक तिनाउमा सामान्य बाढी आउँदा पनि समस्या उत्पन्न हुने गर्दै आएको हो ।

प्रतिक्रिया दिनुहोस्