Logo
Logo

असुलीमा मन्त्री महतोलाई भ्याइनभ्याई


दृष्टि संवाददाता


काठमाडौं । पछिल्लो एक दशक नेपालको राजनीतिमा केपी ओली भर्सेस राजेन्द्र महतोको बीच रमाइलै विवाद चल्यो । नाकाबन्दी समर्थक महतो भारतपरस्त नेताको रुपमा अलोकप्रिय भए भने नाकाबन्दीको विरोधमा ओलीले ठिक उल्टो राष्ट्रवादी नेताको छवि बनाए । सार्वजनिक रुपमै ओलीको चर्काे आलोचना गर्नेमा महतोमा अग्रंस्थानमा थिए ।

तर, यतिबेला ओली र महतोबीच नाटकीय दोस्ती छ । ओली मन्त्रिपरिषद्मा महतो उपप्रधानमन्त्री छन् । भारतीय दूतावासको पहलमा दुई नेताबीचको दशक लामो शत्रुता अहिले दोस्तीमा परिणत भएको छ ।

महतोलाई सरकारमा ल्याएर ओलीले सत्ता त जोगाए तर, आफ्नो छवि भने जोगाउन सकेनन् । अझै महतो मन्त्रीको सपथ लिएलगत्तै झन् उग्र भएर राष्ट्रियतालाई कमजोर बनाउने अभिव्यक्ति दिए । आफु बहुल राष्ट्रको पथमा रहेको बताएर । उनको यो अभिव्यक्तिको प्रतिपक्षी दलका नेता मात्र होइन एमालेका ओली पक्षकै नेताहरुले समेत चर्काे आलोचना गरे । जिल्ला–जिल्लामा महतो र ओलीको पुत्ला समेत जल्यो । त्यो प्रकरणले बालुवाटारमा समेत हल्लीखल्ली भयो । किनकि, यो घटनाले ओली सरकारको छवी झन् गिर्न पुगेको थियो ।

त्यसपछि ओलीले महतोलाई बालुवाटार बोलाएर त्यस्ता अभिव्यक्ति नदिन निर्देशन दिएको स्रोत बताउँछ । लगत्तै महतोले बिज्ञप्ती निकालेर माफि मागेका थिए । त्यसयता उनी चुपचाप जस्तै छन् । मन्त्री भएलगत्तै उग्र भएका महतो ओलीको हप्काईपछि चुप भएको बालुवाटार स्रोत बताउँछ ।

भाषणभन्दा आजभोलि उनको ध्यान कमिसनतर्फ रहेको सहरी विकास मन्त्रालयका एक कर्मचारी बताउँछन् । आर्थिक वर्षको अन्तिममा धेरै कमिसन उठाउन मन्त्रालयमध्ये सहरी विकास पनि एक हो । त्यसकारण उनले आफ्ना सहयोगीमार्फत देशैभरिका सिडिईहरुसँग कमिसन असुलीको कामलाई तीव्रता दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्