काठमाडौं । नेकपा एमालेले कार्णाली प्रदेशका सांसदलाई गरेको कारवाही सर्वोच्च अदालतले खारेज गरेपछि अध्यक्ष केपी शर्मा ओलीले दिएको भ्याकेट निवेदनमाथि आज सुनुवाइ हुँदैछ ।
सर्वोच्च अदालतको अन्तरिम आदेश खारेजीको माग गर्दै एमाले दिएको भ्याकेट न्यायाधीशद्धय आनन्दमोहन भट्टराई र हरि फुयाँलको इजलासमा सुनुवाइ तोकिएको छ ।
कर्णाली प्रदेश सभाका सदस्य प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही र अमरबहादुर थापालाई एमालेले ह्वीप उल्लंघन गरेको भन्दै कारवाही गरेको थियो ।
कारवाहीविरुद्ध चारैजना प्रदेश सभा सदस्यले सर्वोच्चमा रिट दायर गरेपछि सर्वोच्चले कारवाही अस्वीकार गर्दै पुनर्वहाली गरेको थियो । त्यसमा पुनरावलोकन माग गर्दै ओलीले सर्वोच्चमा भ्याकेट दिएका हुन् ।











