काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा मन्त्रिपरिषद पुनर्गठनविरुद्धको रिटमा सुनुवाइ तोकिएको छ ।
कामचलाउ प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद् पुनर्गठन असंवैधानिक रहेको भन्दै अन्तरिम आदेशमार्फत बदर गर्न माग गर्दै रिट परेको थियो ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले मन्त्रिपरिषद पुनर्गठन रद्ध गर्न माग गर्दै राष्ट्रपति र प्रधानमन्त्रीलगायतलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।
रिट निवेदकले माग गरे अनुसार सर्वोच्चले अन्तरिम आदेश जारी गरे मन्त्रिपरिषद पुनर्गठन रद्ध हुनेछ ।











