Logo
Logo

कोरोनाबाट ४१ जना मृत्यु, ४ हजार ५२२ जना संक्रमित थपिए


दृष्टि संवाददाता


काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४ हजार ५२२ जना व्यक्ति कोरोना संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १२ हजार २०४ जनाको ​पिसिआर गर्दा ३ हजार ७०३ जना र हजार ७०९ जनाको एन्टीजेन परीक्षण गर्दा ८१९ जना संक्रमित पुष्टि भएका हुन् ।

पछिल्लो २४ घण्टामा देशभर ४१ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म ८ हजार ८१३ जना संक्रमितको मृत्यु भएको छ ।

त्यस्तै आज देशभर ४ हजार ५४४ जना संक्रमित निको भएका छन्। नेपाल संक्रमित निको हुने दर ९० दशमलब २ प्रतिशत रहेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म ५ लाख ६४ हजार ८८२ जना संक्रमित निको भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्