Logo
Logo

यी हुन् पदमुक्त हुने २० मन्त्री


दृष्टि संवाददाता

10.6k
Shares

काठमाडाैं । प्रधानमन्त्री केपी ओली नेतृत्वको २० जना मन्त्री पदमुक्त भएका छन् । मन्त्रिपरिषद विस्तारसम्बन्धी मुद्दामा सुनुवाइ गर्दै सर्वोच्च अदालतले पछिल्लो पटक थपिएका २० मन्त्रीलाई पदमुक्त गर्न अन्तरिम आदेश दिएको हो ।

काम चलाउ प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद् पुनर्गठन अवैधानिक हुने भन्दै सर्वोच्च अदालतमा परेको रिटमा सर्वोच्च प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरा र न्यायाधीश प्रकाश कुमार ढुंगानाको इजलासले सो आदेश दिएको हो ।

जनता समाजवादी पार्टीको महन्थ-राजेन्द्र समूह, नेकपा माओवादी केन्द्र छोडेर आएका र नेकपा एमालेका नेताहरूलाई प्रधानमन्त्री ओलीले जेठ २१ र २७ गते मन्त्रिपरिषद् विस्तार गरेका थिए । सर्वोच्चको अन्तरिम आदेशपछि अब ओली क्याबिनेट पाँच सदस्यीय बनेको छ।

ओली मन्त्रिपरिषदमा अब प्रधानमन्त्री ओली, उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेल, शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ, भौतिक पूर्वाधार मन्त्री वसन्त नेम्वाङ र कानुनमन्त्री लीलानाथ श्रेष्ठमात्रै कायम रहेका छन् ।

पद गुमाउने मन्त्रीहरू

१रघुबीर महासेठउपप्रधान तथा परराष्ट्र
२राजेन्द्र महतो उपप्रधान तथा सहरी विकास
३खगराज अधिकारीगृह
४शरतसिंह भण्डारीऊर्जा, जलस्रोत तथा सिँचाई
५अनिलकुमार झाखानेपानी
६शेरबहादुर तामाङस्वास्थ्य तथा जनसङ्ख्या
७राजकिशोर यादव उद्योग, वाणिज्य तथा आपूर्ति
८लक्ष्मणलाल कर्णभूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
९नैनकला थापासञ्‍चार तथा सूचना प्रविधि
१०ज्वालाकुमारी साहकृषि तथा पशुपंक्षी विकास
११बिमलप्रसाद श्रीवास्तवश्रम, रोजगार तथा सामाजिक विकास
१२उमाशंकर अरगरियासंस्कृति, पर्यटन तथा नागरिक उड्डयन
१३चन्दा चौधरीमहिला, बालबालिका तथा ज्येष्ठ नागरिक
१४एकवाल मियाँयुवा तथा खेलकुद
१५नारद मुनि राना,वन तथा वातावरण
१६गणेशकुमार पहाडीसङ्घीय मामिला तथा सामान्य प्रशासन
१७मोहन बानियाँप्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
१८चन्द्रकान्त चौधरीऊर्जा, जलस्रोत तथा सिँचाई
१९रेणुका गुरूङमहिला, बालबालिका तथा ज्येष्ठ नागरिक
२०आशाकुमारी विकवन तथा वातावरण

प्रतिक्रिया दिनुहोस्