Logo
Logo
सर्वोच्चको आदेशपछि एमाले प्रतिक्रिया

‘राष्ट्रिय राजनीतिलाई थप जटिल बनायाे’


दृष्टि संवाददाता


काठमाडाैं । नेकपा एमालेले मन्त्रिपरिषद् विस्तार र पुनर्गठन बदर गर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशले राजनीतिलाई थप जटिलतातर्फ धकेल्ने टिप्पणी गरेको छ ।

एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले मन्त्रिपरिषद् विस्तारलाई बदर गर्ने निर्णयले नेपाली राजनीतिमा नकारात्मक र गम्भीर असर गर्ने बताएका हुन्।

अदालतका निर्णयहरुलाई एमालेले सधैं मानेको तर यस्ता आदेश र फैसलाहरुले ल्याउने जटिलताबारे विचार विमर्श हुनुपर्ने समेत ज्ञवालीकाे तर्क थियाे ।

सर्वोच्चको आदेशबारे पार्टीको थप धारणा तय गर्नका लागि बैठक बस्ने पनि ज्ञवालीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्