Logo
Logo

‘प्रचण्डको भविष्यवाणी कसरी मिल्यो ?’


दृष्टि संवाददाता

55.6k
Shares

काठमाडाैं । सर्वोच्च अदालतले २० मन्त्रीहरू पदमुक्त गराउने गरेको आदेशमा एमाले नेता महेश बस्नेतले संशय पैदा भएकाे जनाएका छन् ।

सर्वोच्च अदालतको आदेशबारे माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहाल प्रचण्डले हिजै भविष्यवाणी गरेको भन्दै उनले यस्तो आशंका व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत जेठ २१ गते गरेको मन्त्रीमण्डल विस्तारका विरुद्धमा परेको रिटमा मंगलबार सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशप्रतिलाई लक्षित गर्दै न्यायालयको विश्वसनीयतामा शंका उब्जिएको बस्नेतले बताए ।

सामाजिक सञ्जाल फेसबुकमार्फत् बस्नेतले न्यायालय सम्भाव्य फैसलाको पूर्वानुमान खास ठाउँमा दिने गरेको हो कि ? भन्दै बस्नेतले अदालतका फैसलाहरु सेटिङमा हुन्छन् कि भन्ने प्रश्न उठेको बताएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो फैसलापछाडि आमरूपमा के प्रश्न उठेको छ भने, अदालतका फैसलाहरु कि सेटिङमा हुने गर्दछन् कि न्यायालयहरूले सम्भाव्य फैसलाको पूर्वानुमान खास ठाउँमा दिने गर्छन् । कि प्रचण्डको भविष्यवाणी काग कराउनु कुखुरा हराउनु भएको हो । जे भए पनि न्यायालयको बारेमा जे भैरहेको छ ठीक भैरहेको छैन ।’

धादिङमा कार्यकर्ताबीच साेमबार प्रचण्डले सर्वोच्चले २१ जना मन्त्रीहरू पदमुक्त गराइदिने सूचना आफूले पाएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्