Logo
Logo

लुम्बिनीका उपेन्द्र पक्षीय सांसदलाई महन्थको स्पष्टीकरण


दृष्टि संवाददाता

315
Shares

काठमाडाैं । जनता समाजवादी पार्टी नेपाल महन्थ ठाकुर पक्षले लुम्बिनी प्रदेशमा उपेन्द्र यादव पक्षीय दुई प्रदेश सांसदलाई स्पष्टीकरण सोधेको छ ।

अध्यक्ष ठाकुरको तर्फबाट कार्यकारिणी सदस्य केशव झाले एक विज्ञप्ति जारी गरी प्रदेश सांसद सहसराम यादव र पुरमति ढेंगामगरलाई स्पष्टीकरण साेधेका हुन् ।

जसपा लुम्बिनी प्रदेश संसदीय दलमा ६ जना सदस्य रहेकोमा संसदीय दलले ह्वीप जारी गर्ने गरी गरेको निर्णय विपरित ह्वीप उल्लघंन गरेकाे भन्दै राजनीतिक दल सम्बन्धी ऐन तथा पार्टीको विधानअनुसार २४ घण्टे स्पष्टीकरण सोधिएको छ ।

यस्तै, दुई जनालाई कारवाहीको प्रकृया अगाडि बढिरहेमा अनाधिकृत व्यक्तिको नामबाट सन्तोष कुमार पाण्डे, विजय बहादुर यादव, कल्पना पाण्डे तथा सुमन शर्मा रायमाझीलाई यादव पक्षले पाँच दिने स्पष्टीकरण सोधिएको प्रति पनि ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्