Logo
Logo

ओलीको तानाशाह बन्‍ने महत्वकांक्षामा अदालतको लगाम : अधिवक्ता त्रिपाठी


दृष्टि संवाददाता

567
Shares

काठमाडाैं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री केपी शर्मा ओलीको तानाशाह बन्‍ने महत्वाकांक्षामा सर्वोच्चले लगाम लगाइदिएको प्रतिक्रिया दिएका छन् ।

मन्त्रिपरिषद् विस्तारविरुद्ध अदालतको अन्तरिम आदेशपछि सर्वोच्च परिसरमा संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफूहरूले माग दाबी गरे बमोजिम अन्तरिम आदेश आएको बताउँदै ओलीको तानाशाह बन्‍ने महत्वाकांक्षामा लगाम लागेकाेमा खुसी जनाए ।

‘प्रधानमन्त्री ओलीले संविधानलाई क्षतविक्षेत गर्ने कार्य गर्नु भएको छ । ध्वस्त गर्दै आउनु भएको छ । तर, सर्वोच्च अदालतले आज उहाँको तानाशाही बन्‍ने, अधिनायकवादी बन्‍ने महत्वकांक्षामा लगाम लगाइदियो, ध्वस्त गरिदियो ।’  उनले भने ।

प्रतिक्रिया दिनुहोस्