Logo
Logo

५० प्रतिशत यात्रु राखेर आन्तरिक उडान खुलाउन अनुमति


दृष्टि संवाददाता


काठमाडौं । सरकारले ५० प्रतिशत अकुपेन्सी क्षमतामा आन्तरिक उडान संचालन गर्ने तयारी गरेको छ । मन्त्रिपरिषद् बैठकले आधा यात्रु मात्र राखेर आन्तरिक उडान संचालन गर्न पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई अनुमति दिएको छ ।

तर, उडान कहिलेदेखि संचालन गर्ने भन्ने अन्तिम निर्णय मन्त्रालयले गर्नेछ । मन्त्रिपरिषद्को अनुमतिपछि संक्रमणको स्थिती हेरेर मन्त्रालयले आन्तरिक उडान खुलाउन गृहकार्य थालेको छ ।

यसैबीच, सरकारले दुबई, दमाम, कुवेत, मस्कट, मलेसिया, कोरिया, जापान, चीनको छेन्दु, ग्वाङ्जाओको उडान खुला गरेको छ । हाल सातामा एक/एक उडान भइरहेको कतारको दोहा, टर्कीको स्तानबुलको उडान भने दोब्बर पारिएको छ । जसअनुसार काठमाडौं-दाहा सातामा ४ उडान हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्