Logo
Logo

राजेन्द्र महतोको नागरिकता छानबिन गर्न उजुरी


दृष्टि संवाददाता


काठमाडाैं । जसपा नेता राजेन्द्र महतोको नागरिकता छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

सर्वोच्च अदालतको आदेश बमोजिम मंगलबारदेखि पदमुक्त भएका उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री महताेकाे नागरिकता छानविन गर्न भन्दै आयोगमा उजुरी परेको हाे ।

मंगलबार अधिवक्ताहरु वीरभद्र जोशी, तुलसीराम पराजुली र अनिता बजगाईंले नागरिकता छानबिन गर्न माग गर्दै अख्तियारमा उजुर हालेका हुन् ।

उपप्रधानमन्त्री भएलगत्तै ‘बहुल राष्ट्र’ को नारा अर्जाप्दै आएका महतोको उक्त अभिव्यक्तिविरुद्ध चौतर्फी विरोध भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्