Logo
Logo
सर्वोच्चको आदेशपछि

प्रधानमन्त्रीकाे गुनासाे- चार मन्त्रीले देश हाँक्न सक्दैनन्


दृष्टि संवाददाता


काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतले सरकारका काममा एकपछि अर्को अवरोध गरेको टिप्पणी गरेका छन्।

मंगलबार सर्वोच्च अदालतले मन्त्रिपरिषद् पुनर्गठन र विस्तार गर्ने प्रधानमन्त्रीको निर्णय खारेज गरेपछि बेलुका बालुवाटारमा निवर्तमान मन्त्रीहरूसँगको भेटमा अदालतले एकपछि अर्को अवरोध गर्ने काम गरिहेको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले अदालतले उल्टो व्याख्या गरेको पनि बताए। उनले मन्त्रिमण्डल विस्तार गर्न नपाउने भन्ने संसारमा कतै पनि नभएको दाबी गरे। 

‘चार मन्त्रीले देश हाँक्न सक्दैनन्। अदालतले कोभिड नियन्त्रण गर्न भन्छ, आफैं फेरि स्वास्थ्य मन्त्री हटाउँछ। याे अमिल्दाे भएकाे छ । तर, तपाईं हामी सँगै हुन्छाैँ । धैर्य गराैँ ।’ प्रधानमन्त्तीकाे भनाइ उदृत गर्दै सहभागी एक नेताले बताए ।

उनले निर्वतमान मन्त्रीहरूलाई धैर्य गर्न पनि आग्रह गरे। प्रतिनिधि सभा विघटन मुद्दामा हप्ता, दश दिनमा फैसला आउने भन्दै उनले त्यसै अनुसार अघि बढ्ने बताए।

प्रतिक्रिया दिनुहोस्