Logo
Logo

नेपाल इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत


दृष्टि संवाददाता


काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको ८ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको असार ८ गते मंगलबार मात्रै ९ लाख २० हजार २ सय ५०.७९ कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत भएको हो ।

यससँगै, इन्स्योरेन्सको उक्त बोनस सेयर सम्बन्धित सेयरधनीको खातामा हस्तान्तरण हुनेछ । त्यसपछि दोस्रो बजारमा किनबेच गर्न पनि पाइने छ । कम्पनीले आर्थिक वर्ष २०७६÷७७ को नाफाबाट शेयरधनीलाई आठ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि दुई प्रतिशत नगद गरी कूल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्