Logo
Logo

कृषि विकास बैंकको हर्जाना ब्याजमा छुट


दृष्टि संवाददाता


काठमाडौं । कोभिड–१९ का कारणले उत्पन्न अप्ठ्यारो परिस्थितिलाई मध्यनजर गरी कृषि विकास बैंक लिमिटेडले ऋणीलाई हर्जाना ब्याजमा छुट दिने भएको छ । बैंकले हर्जाना ब्याजमा ५० प्रतिशतदेखि शतप्रतिशतसम्म विशेष छुटको व्यवस्था गरेको हो ।

उक्त अवसरको सदुपयोग गरी लाभान्वित हुन कर्जाग्राहकलाई बैंकले अनुरोध गरेको छ । यसका लागि ग्राहकले आफूले कारोबार गर्दै आएका कृषि विकास बैंकका शाखामा ०७८ असार मसान्तभित्र सम्पर्क गरी पाउने छुटका लागि बाँकी रहेको ब्याज चुक्ता गर्नुपर्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्