Logo
Logo

कोरोनाबाट थप ८१ जनाको मृत्यु, २ हजार ४२१ संक्रमित


दृष्टि संवाददाता

1.8k
Shares

काठमाडौं । नेपालमा कोरोनबाट थप ८१ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या हजार ८९४ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसर पछिल्लो २४ घण्टामा २ हजार ४२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गत २४ घण्टाको अवधिमा देशभर गरिएको पीसीआर परीक्षण तथा एन्टिजेन परीक्षणका क्रममा बुधबार थप २ हजार ४२१ जनामा संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टाको अवधिमा देशभरका विभिन्न प्रयोगशालाहरुमा गरी ७ हजार ४६१ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ। पीसीआर परीक्षणबाट १ हजार ५११ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै, सोही अवधिमा देशभरका विभिन्न ठाउँमा गरी ४ हजार ९५३ जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ। एन्टिजेन परीक्षणबाट ९१० जनामा संक्रमण पुष्टि भएको हो।

प्रतिक्रिया दिनुहोस्