Logo
Logo

युराेकपमा आज : बेल्जियम र पाेर्चुगल भिड्दै


दृष्टि संवाददाता


एजेन्सी । युरो २०२० को क्‍वार्टरफाइनल प्रवेशका लागि विश्व नम्बर एक बेल्जियम र युरोपियन च्याम्पियनसिपको साविक विजेता पोर्चुगल भिड्दै छन् । नेपाली समयअनुसार आइतबार राति १२:४५ बजे स्पेनको सेभियामा हुने खेलमा पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डो र बेल्जियन फरवार्ड रोमेलु लुकाकुबीचकाे खेल राेमाञ्चक हुने अपेक्षा गरिएकाे छ ।

बेल्जियम र पोर्चुगलबीच ठुला प्रतियोगितामा पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो । यस अघिको पाँच खेलमा भने पोर्चुगलको नतिजा राम्रो रहेको छ । पोर्चुगलले बेल्जियमविरुद्ध ३ जित निकाल्दा २ खेल बराबरी खेलेको छ ।

बेल्जियमले अन्तिम पटक पोर्चुगललाई १९८९ को सेप्टेम्बरमा विश्वकप छनोटमा ३-० गोलको नतिजामा पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्