Logo
Logo

नेशनल लाइफद्वारा करिब १ करोड २५ लाखको मृत्यु दाबी भुक्तानी


दृष्टि संवाददाता


काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले डडेल्धुरास्थित शाखा कार्यालयबाट रु. ७० लाखको दोहोरो दुर्घटना लाभसहितको १५ वर्षे अमृत श्री साबधिक जीवन बीमालेखवापत रु. एक करोड २४ लाख ४८ हजार आइतबार एक कार्यक्रम आयोजना गरी स्व. पदमराज पन्तको मृत्यु दाबी भुक्तानी गरेको छ ।

पन्तले सन् २०२१ फेब्रुअरी २२ मा खरिद गरेको बीमालेख सन् २०२१ मार्च ६ मा निजको जिप दुर्घटनाका कारण मृत्यु भएकाले कम्पनीले बीमा दाबीवापत मात्र स्व. पन्तले इच्छाइएको व्यक्ति निजकी श्रीमती विमलादेवी पन्तलाई भुक्तानी गरेको हो ।

उक्त रकम शैल्यशिखर नगरपालिकाका नगरप्रमुख अमरसिंह धामीको प्रमुख आतिथ्यमा कम्पनीको डडेल्धुरा शाखा प्रमुखले चेक हस्तान्तरणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्