Logo
Logo

हजार्डको गोलमा बेल्जियमलाई अग्रता


दृष्टि संवाददाता


एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत पोर्चुगल र बेल्जियमबीच जारी खेलमा बेल्जियमले अग्रता बनाएको छ ।

स्पेनको सेभियामा जारी खेलको पहिलो हाफ सकिदा बेल्जियमले १-० गोलको अग्रता बनाएको हो ।

खेलको ४२ औं मिनेटमा थोर्गन हाजार्डले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्