Logo
Logo

पोर्चुगललाई पराजित गर्दै बेल्जियम क्वाटरफाइनलमा


दृष्टि संवाददाता


एजेन्सी । १६ औँ संस्करणको युरोकप फुटबलमा बेल्जियम क्वाटरफाइनलमा पुगेको छ । पोर्चुगललाई १-० गोल अन्तरले पराजित गर्दै बेल्जियम क्वाटरफाइनलमा पुगेको हो ।

खेलको ४२ औं मिनेटमा हाजार्डले बेल्जियमका लागि निर्णायक गोल गरेका हुन् ।

पोर्चुगलले भने बेल्जियमविरुद्ध पाएको मौकामा गोल निकाल्न सकेन । पोर्चुगलको पटक पटकको आक्रमण बेल्जियमका गोलकिपर थोबाउट कोर्टुवाले बचाएका थिए ।

यससँगै बेल्जियम क्वाटरफाइनलमा पुग्ने चौंथो टिम बनेको छ । पोर्चुगल भने अन्तिम १६ बाटै बाहिरिएको छ ।

अब बेल्जियमले क्वाटरफाइनलमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्