Logo
Logo

संस्थान स्थापना हुन लागेकोमा भक्तपुर क्यान्सर अस्पतालका कर्मचारीको स्वागत


दृष्टि संवाददाता


काठमाडौं । सरकारले भक्तपुर क्यान्सर अस्पताललाई राष्ट्रिय क्यान्सर रोग अध्ययन संस्थान गठन गरेर राख्न खोजेपछि कर्मचारीहरुले स्वागत गरेका छन् ।

आगामी आर्थिक वर्षका लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा भक्तपुर क्यान्सर अस्पताल, वीपी कोइराला क्यान्सर अस्पताल र सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई सो अध्ययन संस्थान मातहत ल्याउन लागेको प्रति कर्मचारी संगठनले ध्यान आकर्षण भएको जनाएको छ ।

भक्तपुर क्यान्सर अस्पताल कर्मचारी कल्याणकारी संघका शिवराम ध्वुख्वाद्धारा जारी विज्ञप्तिमा सरकारको सो कदमलाई स्वागत गर्ने उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्