Logo
Logo

मन्त्री नेम्वाङले रोपे खुमलटारमा धान


दृष्टि संवाददाता



काठमाडौं । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही च्यूरा खाएर मनाइँदै छ । आज किसानका लागि विशेष दिन अर्थात धान दिवस । देशैभर धान रोपेर किसानहरुले यो दिवस मनाउँदै छन् ।

निषेधाज्ञा खुकुलो भएकोले सरकारले पनि औपचारिक कार्यक्रमका साथ दिवस मनाएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को आयोजनामा खुमलटारमा धान रोपिएको छ ।

कृषि तथा पशुपन्छी विकासमन्त्री वसन्तकुमार नेम्वाङको उपस्थितिमा धान रोपिएको हो । कार्यक्रममा मन्त्री नेम्वाङले पनि नार्क परिसरको जग्गामा मेशिन र आफैँले धान रोपेका छन् । असार १५ गतेसम्म देशभर २७ प्रतिशत धान रोपाइँ सम्पन्न भएको कृषि मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्