Logo
Logo

२ हजार ६३६ संक्रमित थपिए, ४ हजार ३४८ जना संक्रमणमुक्त


दृष्टि संवाददाता


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ६३६ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २५९ जनामा आरटी पीसीआर र ४ हजार ४८९ जनामा एन्टिजेन परीक्षण गरिएको थियो । यसमध्ये पीसीआरबाट १ हजार ७२८ र एन्टिजेनबाट ९०८ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा नेपालमा २० जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ९ हजार ७१ पुगेको छ। पछिल्लो २४ घण्टामा ४ हजार ३४८ जना संक्रमित कोरोनामुक्त भएका छन् । हाल देशमा सक्रिय संक्रमितको संख्या ३५ हजार ३१० जना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्