Logo
Logo

हावाहुरीको प्रभाव र मधेशको चरम गरिवी


- दृष्टि न्युज/संवाददाता



२ नम्वर प्रदेशको वारा पर्सामा आइतवार राती आएको हावाहुरीले गम्भीर क्षति पु¥याएकोछ । २७ भन्दा वढी नागरिकको मृत्यु भएको र ५ सय भन्दा वढी घाइते भएको प्रारम्भीक रिपोर्ट छ । यसमा सबै तहका सरकारहरु तथा विभिन्न संघसंस्था र जनताले सक्दो उद्धारकार्य गरिरहेकाछन् ।

यस्तो प्राकृतिक प्रकोपमा गरिव दुखी जनता झन् वढी प्रभावित हुने गर्दछ । २ नम्वर प्रदेशमा ५० प्रतिशत भन्दा वढी जनता गरिवीको रेखा भन्दा मुनि छन् भन्ने राष्ट्रिय योजना आयोगले नै स्वीकार गरेको छ । नेपाल भरीको सालाखाला गरिवी दर २८ प्रतिशत रहेको समयमा २ नम्वरमा सो दर ५० प्रतिशत हुनुले त्यहाँ वारम्वार देखिने जनआक्रोसको धरातलीय कारण स्पष्ट गर्दछ ।

मधेशको समस्या पहिचानको समस्या पनि हो । तर वर्गीय र क्षेत्रीय असमानताको समस्या अझ वढी हो भन्ने तथ्य ५० प्रतिशत जनता अझै गरिवीको रेखा भन्दा मुनि रहनुले स्पष्ट गर्दछ ।

अहिले हावाहुरीले गरेको धनजनको क्षति वढी हुनाको एक प्रमुख कारण त्यहाँको चरम गरिवी पनि हो । मधेशमा गरीवहरुको फुसको घर हुने गर्दछ भने धनी र मध्यम वर्गको पक्का घर हुने गर्दछ । अहिलेको हावाहुरीले धनी र मध्यम वर्गलाई पनि असर गरेको छ तर गरिव जनताका फुसका हजारौं कच्चा घरहरु सोत्तर वनेकोछ ।

यस्ता प्राकृतिक प्रकोपहरु आउने सम्भावना सधै रहेको हुन्छ । यसको दिगो समाधान ती लाखौं गरीव जनतालाई पक्का घर वनाउन सक्षम वनाउनु हो । त्यो भनेको समग्र आर्थिक क्रान्ति नै हो ।

सरकारले अब कुरा होइन काम देखाउने समय आएकोछ । क्षति भएपछि उपचार मात्र होइन कि क्षति हुन नदिने तर्फ गम्भीर पाइला सरकारले चाल्नु पर्ने देखिन्छ ।

रवीन्द्र श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्