Logo
Logo

कृषि विकास बैंकको ऋणपत्र रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल नियुक्त


दृष्टि संवाददाता


काठमाडौं । कृषि विकास बैंकले ऋणपत्र रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको छ । बैंकले ‘७ वर्षे ६ अरब कृषि ऋणपत्र’ नामक ऋणपत्र जारी गर्न उक्त क्यापिटललाई रजिष्टारमा नियुक्त गरेको हो ।

उक्त सम्झौतामा कृषि विकास बैंकको तर्फबाट प्रमुख वित्तीय अधिकृत यज्ञ प्रकाश न्यौपाने तथा एनआईबिएल एस क्यापिटलको तर्फबाट सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले असार १४ गते हस्ताक्षर गरेका हुन् ।

बैंकले कृषि क्षेत्रमा लगानी गरी कृषि क्षेत्रमा दीर्घकालिन साधनको उपलब्धता सहज बनाउन कृषि ऋणपत्र जारी गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्