Logo
Logo
राष्ट्रिय सभा

राष्ट्रिय सभाको अधिवेशन आजदेखि, यस्तो छ कार्यसूची


दृष्टि संवाददाता


काठमाडौं । राष्ट्रिय सभाको आठौं अधिवेशन आजदेखि सुरू हुने भएको छ । विहिबार संघीय संसद भवन बानेश्वरमा अपरान्ह ४ बजेका लागि बैठक बोलाइएको हो ।

बैठकमा सहभागी हुने अध्यक्षदेखि राष्ट्रिय सभाका सदस्यलगायतको एन्टिजेन्ट परीक्षण बुधबार नै गरिएको थियो ।

आज बैठकको सुरूमा अध्यक्षले राष्ट्रपतिले बैठक आह्वान गरेको पत्र र मन्त्रिपरिषद पुनर्गठन सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पनि पढेर सुनाउनेछन् ।

त्यसपछि विभिन्न अध्यादेश पेश गर्ने कार्यसूची छन् । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ र सपथ सम्बन्धी अध्यादेश, २०७८ अध्यादेश पेश गर्ने सम्भावित कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस्