Logo
Logo

वायुसेवा निगमले मनायाे ६३ औँ वार्षिकोत्सव


दृष्टि संवाददाता

0
Shares

काठमाडाैं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आफ्नो ६३ औँ वार्षिकोत्सव आज सामान्य कार्यक्रमका गरी मनाएको छ ।

कोभिड–१९ महामारीको जोखिमलाई मध्यनजर गर्दै निगमले आफ्नै कार्यालयमा सीमित सङ्ख्याका कर्मचारीको उपस्थितिमा संक्षिप्त कार्यक्रम गरेको हो ।

सो अवसरमा निगमको विभिन्न जिम्मेवारीमा रहेका कर्मचारीलाई पदक र सम्मानपत्र प्रदान गरिएको थियो । सो अवसरमा निगमका महाप्रवन्धक डिमप्रकास पौडेलले बीस वर्षे सेवा अवधि पूरा गरेका चार कर्मचारीलाई पदक र सम्मानपत्र प्रदान गरे।

दीर्घसेवा पदक पाउनेमा वरिष्ठ पाइलट नरबहादुर विश्वकर्मा, राजेश कुशवाहा, सञ्जय वैद्य र उज्जल सिलवाल छन् । महाप्रवन्धक पौडेलले निगमका कर्मचारीले कठिन घडीमा पनि देश र जनताको लागि उल्लेखनीय सेवा दिएकोमा सरहाना गर्दैै भविष्यमा आइपर्ने समस्यामा डटेर योगदान पुर्याउने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्