Logo
Logo

माछापुच्छ्रे बैंकको सिरहामा नयाँ शाखा


दृष्टि संवाददाता


काठमाडौं । माछापुच्छ्रे बैंकले प्रदेश नंं २ को सिरहा जिल्लामा सिरहा शाखा कार्यालयको सञ्चालनमा ल्याएको छ । सिरहा जिल्लाको सदरमुकाम सिरहा बजारमा सञ्चालनमा ल्याइएको उक्त शाखा कार्यालयको माछापुच्छ्रे बैंकका अध्यक्ष डा. बीरेन्द्रप्रसाद महतोे एंव सिरहा नगरपालिकाका नगरप्रमुख अशेश्वर यादवले संयुक्तरुपमा उद्घाटन गरेका हुन् । सदरमुकाम सिरहा बजारमा खोलिएको नयाँ शाखासँगै सिरहामा मात्रै बैंकको ६ वटा शाखा सञ्चालनमा रहेको छ ।

माछापुच्छ्रे बैंकले देशका हरेक वर्ग र समुदायसम्म बैंकिङ सेवाको पहुँचका लागि नयाँ नयाँ स्थानहरुमा आफ्नो सेवा विस्तार गर्दै आएको छ । नयाँ शाखाहरुमार्फत कर्जा, निक्षेपलगायतका अन्य सम्पूर्ण बैंकिङ सुविधाका साथमा २४सै घण्टा एटिएम सेवा पनि उपलब्ध गराउँदै आएको छ ।

बैकले पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुर साथै हिमाल, पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १६१ वटा शाखा र १६५ शाखारहित बैकिङ सेवासमेत गरी जम्मा ३२६ स्थानबाट ग्राहकमा सम्पूर्ण बैंकिङ सुबिधा प्रदान गरिरहेको छ । साथै बैंकको देशभर २०० वटा भन्दा बढी एटिएम तथा ५ वटा एक्टेन्सन काउन्टर सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस्