Logo
Logo

कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधान


दृष्टि संवाददाता


काठमाडाैं । महाधिवेशनको संघारमा रहेको नेपाली कांग्रेसको क्रियाशील सदस्यता वितरणमा नेताहरुबीच देखिएको विवाद समाधान भएको छ ।

पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले क्रियाशील सदस्यता वितरणमा देखिएको समस्या सहमतिमा नै टुङ्गाउने सहमति भएको हो ।

क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले सदस्यताका बारेमा परेको उजुरी र गुनासो सहमतिमा नै टुङ्गाउने सहमति भएको बताए । उनले अन्य दलबाट कांग्रेसमा समाहित भएका दलका सदस्यको नविकरण पनि सहमतिमा नै गरिने बताए ।

लेखकका अनुसार हालसम्म ४ लाख सदस्यले नविकरण गरेका छन् भने ४ लाखको हाराहारीमा नै नयाँ सदस्यता इन्ट्री भएको छ । उ

प्रतिक्रिया दिनुहोस्