Logo
Logo

नेपालका यात्रीलाई युएई प्रवेशमा लगाइएकाे प्रतिबन्ध थप


दृष्टि संवाददाता


काठमाडाैं । संयुक्त अरब इमिरेट्स (युएई) ले नेपालसहित १४ राष्ट्रका यात्रीहरूलाई आफ्नो देश प्रवेशमा लगाइएको प्रतिबन्ध थप गरेको छ।

कोरोना महामारीका कारण गत महिनाको अन्त्यमा यूएईले विभिन्न १४ राष्ट्रका यात्रीहरूलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएको थियो। उक्त प्रतिबन्धलाई यही जुलाई २१ सम्म विस्तार गरेको हो।

यूएईको नागरिक उड्डयन प्राधिकरणलेएक सूचनामार्फत् लाइबेरिया, नामिबिया, सियरा लियोन, प्रजातान्त्रिक गणतन्त्र कङ्गोे, युगान्डा, जाम्बिया, भियतनाम, भारत, बंगलादेश, श्रीलङ्का, नाइजेरिया र दक्षिण अफ्रिका तथा नेपालबाट हुने उडान जुलाई २१ को राति १२ बजेसम्मका लागि हवाई यात्रामा प्रतिबन्ध लगाइएको जानकारी गराइएको छ।

यो प्रतिबन्ध कार्गो उडान, व्यापारिक तथा चार्टर उडानहरूलाई बाध्यकारी नहुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्