Logo
Logo

टिभिएसले ल्यायो नयाँ योजना


दृष्टि संवाददाता



काठमाडौं । कोभिड–१९ को दोस्रो लहरले निम्त्याएको असहज परिस्थिति र निराशालाई मध्यनजर गर्दै टिभिएसले नयाँ योजना ल्याएको छ । कम्पनीले हाल मोटरसाइकल र स्कुटरको मूल्य बढे पनि पुरानै मूल्यमा खरिद गर्न सकिने योजना ल्याएको हो ।

कम्पनीको यो योजनाअन्तर्गत टिभिएसको कुनै पनि मोटरसाइकल वा स्कुटरको खरिदमा ८ हजार रुपैयाँ पक्कापक्की डिस्काउन्टको व्यवस्था गरिएको छ । यसैगरी, किस्ताबन्दीमा मोटरसाइकल वा स्कुटर किन्न इच्छुक व्यक्तिका लागि सीमित अवधिसम्म शून्य प्रतिशत ब्याजदरको समेत विशेष सुविधा रहेको कम्पनीले जनाएको छ ।

नयाँ आर्थिक वर्षको सुरुवात र कर प्रणालीमा वृद्धिजस्ता कारणले मोटरसाइकल र स्कुटर दुवैको दाम बढ्ने सम्भावना ज्यादा रहेकाले पुरानै र सस्तो मूल्यमा नयाँ साधन किन्ने योजना ल्याएको हो ।

टिभिएसका सम्पूर्ण मोटरसाइकल वा स्कुटरमा ५ वर्षको वारेन्टी रहेको जनाइएको छ । गुणस्तरीय सेवा–सुविधा र पाठपुर्जाको उपलब्धताका कारण पनि नेपाली अटोमोबाइलप्रेमीमाझ टिभिएस भरपर्दो रहेको कम्पनीको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्