Logo
Logo

ब्राजिलमा भइरहेको कोपा अमेरिकाको सेमिफाइनल समीकरण पूरा


दृष्टि संवाददाता


काठमाडौं । कोपा अमेरिका फुटबलको ४७औं संस्करणको सेमिफाइनल समीकरण पूरा भएको छ । ब्राजिलमा भइरहेको फुटबल खेलमा आइतबार बिहान दुई क्वाटरफाइनल समपन्न भएपछि सेमिफाइनल पुग्ने चारवटै टोलीको टुङ्गो लागेको हो ।

जसमा कोलम्बियाले उरुग्वेलाई पेनाल्टी सुटआउटमा ४-२ ले हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ । अर्को खेलमा अर्जेन्टिनाले इक्वेडरलाई ३-० ले हरायो ।

यही दुई टिम अर्जेन्टिना र कोलम्बिया दोस्रो सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् । त्यसअघि घरेलु टोली ब्राजिलले पेरुसँग पहिलो सेमिफाइनल खेल्नेछ । २०१९ मा भएको संस्करणमा ब्राजिलले पेरुलाई नै पराजित गर्दै उपाधि जितेको थियो ।

विश्वको सबैभन्दा पुरानो फुटबल प्रतियोगिता कोपामा दक्षिण अमेरिकाका १० राष्ट्रलाई दुई समूह्यमा विभाजन गरेर खेलाइएको थियो । जसमा समूह ‘ए’बाट अर्जेन्टिना मात्र सेमिफाइनल पुग्न सफल भएको छ । समूह ‘बी’ बाट ब्राजिलसँगै पेरु र कोलम्बिया सेमिफाइनल पुगेका छन् ।

अब मंगलबार बिहान ब्राजिल र पेरुबीचको खेल नेपाली समय अनसार ४ः ४५ बजे सुरु हुनेछ । यस्तै अर्जेन्टिना र कोलम्बियाबीचको खेल बुधबार बिहान ६ः ४५ बजे सुरु हुनेछ ।

यो पनि…

प्रतिक्रिया दिनुहोस्