Logo
Logo

सुधार गृहका सञ्चालक गाँजासहित पक्राउ


दृष्टि संवाददाता


मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले लागूऔषध सुधार केन्द्रका सञ्चालकलाई गाँजासहित पक्राउ गरेको छ ।

हेटौंडा नगरपालिका वडा नम्बर ९ मा रहेको दिपकला प्रतिष्ठान सुधार केन्द्रमा अनुगमन गर्ने क्रममा सोही सुधार केन्द्रका संचालक हेटौंडा ४ बस्ने राजिव नरसिंह श्रेष्ठ र वडा नम्बर ९ बस्ने जोएल श्रेष्ठबाट गाँजा बरामद गरिएको हो ।

केन्द्रका संचालक राजिव नरसिंह श्रेष्ठको खल्तीमा प्लास्टिकले बेरेर राखेको २ ग्राम र कोठामा रहेको ज्याकेटमा १ ग्राम गरी ३ ग्राम गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक देवेन्द्र दासले जानकारी दिए ।

उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको पनि जनाएकाे छ । त्यस्तै, मकवानपुर प्रहरीले मनहरी गाउँपालिका वडा नम्बर ८ सिमपानीमा मनहरीबाट हेटौंडा आउदैं गरेको ना २ ह ३४६८ नम्बरको अटोबाट १० किलो ७४० ग्राम गाँजा बरामद गरेको छ ।

प्रहरीले अटोका चालक राक्सिराङ गाउँपालिका वडा नम्बर ८ का सुदीप मोक्तानलाई पनि नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्