Logo
Logo

बाँझो जमिन उपभोग गर्नेलाई अनुदान


दृष्टि संवाददाता


चितवन। जिल्लामा रहेको बाँझो जमिन उपभोग गर्नेलाई अनुदान दिइने भएको छ । यहाँ रहेका दुई संस्था र एक जना व्यक्तिलाई बाँझो जमिन उपभोग गरेबापत अनुदान रकम उपलब्ध गराउन लागिएको हो ।

माडी नगरपालिकामा रहेका बेरोजगार दलित युवा समूह, माडीकै खेतंीपाती कृषक समूह र खैरहनी नगरपालिकाका भोजराज खनालले बाँझो खेत उपयोग गरेबापत अनुदान पाउने भएका हुन् । माडीका दुई समूहले ४३० रोपनी र खनालले ८८ रोपनी बाँझो जमीनमा खेती गरेको कृषि ज्ञान केन्द्रका प्रमुख राजन ढकालले जानकारी दिए ।

सरकारले गत आर्थिक वर्षदेखि बाँझो जग्गामा खेती गर्ने कृषकलाई प्रोत्साहनस्वरूप प्रतिरोपनी रु दुई हजारका दरले अनुदान दिने नीति लिएको छ । सोही नीतिअनुसार अनुदान रकम वितरण गर्न लागिएको हाे ।

जिल्लामा अहिले खेतीयोग्य जमीन ४४ हजार हेक्टर रहेको छ । जसमध्ये पाँच हजार हेक्टर जमीन बाँझो रहेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार बाँझो रहेको जमीनमध्ये व्यावसायिक खेती गर्न मिल्ने जमीन करिब ५०० हेक्टर छ ।

प्रतिक्रिया दिनुहोस्