Logo
Logo

महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालकमा श्रेष्ठ नियुक्त


दृष्टि संवाददाता


काठमाडौं । महालक्ष्मी विकास बैंककोे स्वतन्त्र सञ्चालकमा अम्बिका श्रेष्ठ नियुक्त भएकी छिन् । श्रेष्ठलाई बैंक सञ्चालक समितिको ४९०औँ बैठकले सञ्चालकमा नियुक्त गरेको हो ।

श्रेष्ठको बैंक तथा वित्तीय संस्थामा २५ वर्षभन्दा बढीको बंैकिङ अनुभव रहेको जनाइएको छ । उनी स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालबाट बंैकिङ क्षेत्रमा प्रवेश गरी तत्कालीन सुप्रिम डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतसम्मको अनुभव रहेको बैंकले जनाएको छ ।

व्यवसाय प्रशासनमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेकी श्रेष्ठ नेपाल फाइनान्स इन्स्टिच्युसन एसोसिएसन र डेभलपमेन्ट बैंकर्स एसोसिएसनमा लामो समयसम्म आबद्घ रहेको जनाइएको छ । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूमा पनि वित्तीय परामर्शदाताका रूपमा काम गरेको अनुभव रहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्