Logo
Logo

बौद्धको करोडौंको जग्गामा चलखेल


दृष्टि संवाददाता


काठमाडौं । ललिता निवास जग्गा हिनामिना जस्तै गरी काठमाडौैंको बौद्धमा पनि सरकारी जग्गा भूमाफियलो कब्जा गरेको खुलेको छ । करिब साढे तीन रोपनी सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता भएको खुलेपछि छानबिन सुरु भएको छ । सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धि जाँचबुझ आयोगले यसससम्बन्धि विवरण पत्ता लगाएको हो । मालपोत कर्मचारीको मिलेमतोमा बौद्धको सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता भएको ठहर गरेको हो ।

साविक बौद्ध गाविकास वा.न ९ ३ को कित्ता नम्बर १ मा रहेको १६ रोपनी १५ आना २ पैसा जग्गामध्ये तीन रोपनी सात आना दुई पैसा जग्गा २०३९ सालमा व्यक्तिको नाममा दर्ता भएको हो । मालपोत कार्यालयले सो जग्गा होमबहादुर थापा र टेकबहादुर थापाको नाममा दर्ता गर्ने निर्णय गरेको थियो । नापी कार्यालय चाबहीलका अनुसार फिल्डबुकमा सो जग्गाको किसानको महलमा बुटेल भनि लेखिएको र जग्गा धनी महलमा खाली देखिई कैफियत महलमा सच्याएको र त्यसलाई पनि बदर भएको थियो ।

जग्गा धनीको महल खाली भएको अवस्थामा व्यक्तिको नाममा दर्ता गर्नु गैरकानूनी हुन्छ । आयोगको सरकारलाई बुझाएको प्रतिवेदनमा सो जग्गाको छानबिन गरी सरकारको नाममा ल्याउनुपर्ने सिफारिस गरिएको छ । प्रतिवेदनमा भनिएको छ,‘सो कित्ता नमबर १ को जग्गा नापीको समयमा बुटेन भनी फिल्डबुकमा उल्लखे भएको र जग्गाधनीका महलमा खाली रहेको देखिएको छ । सो जग्गा कित्ता नम्बर ५८, ५९ र ६० मा कित्ताकाट भई कित्ता नम्बर ५८ व्यक्तिको र अन्य कित्ता नम्बरहरु ५९ र ६० का जग्गाहरु सरकारी नै रहेको अवस्था समेत देखिएकाले नक्सा, फिल्डबुक र दर्ता स्रेस्ता समेतको अध्ययनबाट सो कित्ता नम्बर १ बाट किात्ताकाट गरी कित्ता नम्बर ५९ कायम गरी व्यक्तिको नाममा कायम गरेको कार्यलाई कानूनी भन्न मिल्ने आधार पाइएन, तसर्थ सरकारी जग्गा हिनामिना दर्ता गराएको पाइएकाले मालपोत ऐन २०३४ को दफा २४(२) बमोजिम व्यक्तिको नाममा दर्ता बदर गरी नेपाल सरकारका नाममा स्रेस्ता कायम गर्नका लागि नेपाल सरकार समक्ष सिफारिस गरिएको छ ।’ तर, माफियाको चलखेलका कारण भुमीसुधार मन्त्रालयले यसमा चासो दिएको छैन ।

प्रतिक्रिया दिनुहोस्