Logo
Logo

‘संसद पुनःस्थापना हुन्छ, देउवा प्रधानमन्त्री नियुक्त हुन्छन्’


दृष्टि संवाददाता


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा पुनःस्थापना हुनुका साथै शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त हुने विश्वास व्यक्त गरेका छन् ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य महादेव यादवको निधनमा श्रद्धाञ्जली अर्पण गर्न जनकपुरधाम पुगेका अध्यक्ष प्रचण्डले प्रतिनिधिसभा विघटन असंवैधानिक भएकाले पुनःस्थापन हुने र संविधान बमोजिम प्रधानमन्त्री दावी गरेकाले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्चले परमादेश जारी गर्नेमा विश्वास व्यक्त गरेका हुन् ।

यसअघि पनि प्रतिनिधिसभा विघटन हुँदा सर्वोच्च अदालतले पुनःस्थापना गराएको स्मरण गर्दै अध्यक्ष प्रचण्डले भने– ‘पहिले पनि संसद विघटन हुँदा सर्वोच्च अदालतले पुनःस्थापना गर्छ भन्ने हामीलाई विश्वास थियो, यस पटक पनि अदालतले पुनःस्थापना गर्छ भन्नेमा हामी विश्वस्त छौँ ।’

देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी हुने भन्दै प्रचण्डले भने– ‘सर्वोच्च अदालतमा १ सय ४६ संसदको हस्ताक्षर बुझाइएको छ त्यसैको आधारमा अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी हुने कुरामा विश्वस्त छु ।

संविधानको मर्म र भावना, लोकतान्त्रिक मूल्य मान्यता अनुसार संसद पुनःस्थापनाको विकल्प नरहेको उनको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्