Logo
Logo

जनकपुरदेखि फर्किएलगत्तै माधव निवासमा प्रचण्ड


दृष्टि संवाददाता


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा ऐमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

प्रचण्ड आज जनकपुरबाट काठमाडौं आएर सीधै कोटेश्वर गएका हुन् । एमालेको विवाद मिलाउन सिंहदरबारमा कार्यदलको बैठक बसिरहेका बेला प्रचण्ड र माधवबीच भेटवार्ता भएको हो ।

एमाले आन्तरिक विवाद उत्कर्षमा पुगेको एमाले मिलाउन कार्यदल बैठक बसिरहेका प्रचण्ड–माधवको भेटलाई अर्थपूर्णरुपमा हेरिएको छ ।

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध बनेको विपक्षी गठबन्धनमा प्रचण्ड र नेपाल दुबै जना छन् । नेपाल समूहका २३ जना प्रतिनिधि सभा सदस्यले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्चमा परेको रिटमा हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्