Logo
Logo

२ हजार ६३४ जनामा कोरोना पुष्टि, १ हजार ५६५ संक्रमणमुक्त


दृष्टि संवाददाता


काठमाडौं । नेपालमा थप दुई हजार छ सय ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा सात हजार पाँच सय तीन जनाको पीसीआर विधिबाट नमूना परीक्षण गर्दा एक हजार सात सय १८ जना र पाँच हजार ८२ जनाको एन्टिजेन परीक्षण गर्दा नौ सय १६ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, गत २४ घण्टाको अवधिमा देशभर गरी १५ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका अनुसार कोरोना भाइरसको संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या नौ हजार दुई सय ६३ पुगेको छ ।

गत २४ घण्टाभित्र नेपालमा थप एक हजार पाँच सय ६५ जना संक्रमितले कोरोना भाइरसलाई जितेका छन् । यससँगै नेपालमा कोरोना संक्रमित भई निको हुनेको संख्या छ लाख १२ हजार नौ सय ९४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्