Logo
Logo

कैलालीमा भोलिदेखि रेष्टुरेन्ट पनि खुल्ने


दृष्टि संवाददाता


काठमाडाैं । कैलालीमा होटल, रेष्टुरेन्ट समेत सञ्चालन गर्न पाइने गरी साउन १ गतेसम्म निषेधाज्ञा लम्ब्याइएको छ ।

प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले केही परिमार्जन गर्दै साउन १ गते मध्यराति १२ बजेसम्म जारी निषेधाज्ञालाई निरन्तरता दिने आदेश जारी गरेका छन् ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको सिफारिसका आधारमा थपिएको निषेधाज्ञा अवधिमा यसअघि होम डेलिभरी मात्रै गर्दै आएका होटल, रेष्टुरेन्ट तथा खाजा पसलहरु स्वास्थ्य सुरक्षाका मापदण्डको पालन गरेर बिहान ५ देखि बेलुका ८ बजेसम्म सञ्चालन गर्न सकिने भएको छ ।

यसैगरी सवारी साधन सञ्चालनका लागि जोर बिजोर प्रणाली हटाउँदै स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरेर जिल्लाभित्र चलाउन पाउने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्