Logo
Logo

सशस्त्रका दुई एसएसपी डीआईजीमा बढुवा


दृष्टि संवाददाता


काठमाडाैं ।  सशस्त्र प्रहरी बल नेपालका दुई जना एसएसपी डीआईजीमा बढुवाका लागि सिफारिस भएका छन्।

मंगलबार बसेको बढुवा सिफारिस समितिको बैठकले एसएसपी कालिदास धौबजी र कुमार न्यौपानेलाई डीआईजीपीमा बढुवाका लागि सिफारिस गरेको हो ।

बढुवा सिफारिसमाथी चित्त नबुझ्ने सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकले ७ दिन भित्र बढुवामाथी उजुरी सुन्ने समितिमा उजुरी दिन पनि बढुवा समितिले आग्रह गरेको छ ।

डीआईजीमा बढुवाका लागि उनीहरुसँगै विदुर खड्का, प्रदीपकुमार पाल, भेषबहादुर शाह, लक्ष्मणबहादुर सिंह, कृष्णराज पाठक, प्रेमराज पोखरेल, इन्द्रराज कार्की, शान्तिकुमार कार्की र नेत्रकुमार खत्री लगायत प्रतिस्पर्धामा थिए ।

हेर्नुहाेस् सिफारिस पत्र :

प्रतिक्रिया दिनुहोस्