Logo
Logo
सुजिता भण्डारी मृत्यु प्रकरण

झडप बढेपछि पूर्वी चितवनकाे राजमार्गमा कर्फ्यु

डिएसपीसहित ७ प्रहरी घाईते


दृष्टि संवाददाता


काठमाडाैं । स्थानीय प्रशासनले पूर्वी चितवनकाे राजमार्ग क्षेत्रमा कर्फ्यू लगाएको छ ।

चितवनकाे राप्ती नगरपालिका–३ कि सुजिता भण्डारीको मृत्युको विषयलाई लिएर सडक प्रदर्शन बढ्न थालेपछि कर्फ्यू लगाइएको हाे ।

चितवनमा प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले पूर्व पश्चिम राजमार्गको राप्ती नगरपालिका–१ लोथरपुलदेखि राप्ती नगरपालिका–४ डढुवासम्मको राजमार्गको दाँयाबाँया ५०० मिटर क्षेत्रमा कर्फ्यू आदेश जारी गरेका छन् ।

मंगलबार पनि चितवनको राप्तीमा स्थानीय र प्रहरी बीच झडप भएकाे छ । झडपमा ७ प्रहरी घाईते भएका छन् । मृत फेला परेकी चितवनको राप्ती नगरपालिका–३ की सुजिता भण्डारीको पोष्टमार्टम रिपोर्ट उचित तरिकाले नभएको भन्दै पूर्वपश्चिम राजमार्गमा टायर बालेर आन्दोलन गरिएको हो ।

मृत फेला परेकी चितवनको राप्ती नगरपालिका–३ की सुजिता भण्डारीको मोबाइल फोन भेटिएको छ । प्रहरीका अनुसार उनको शव भेटिएको स्थान नजिकै मोबाइल भेटिएको हो ।

प्रतिक्रिया दिनुहोस्