
१. मंगलबार नेपालमा कोरोनाका २ हजार ६ सय ३४ जना नयाँ संक्रमित थपिए, पछिल्लो २४ घण्टामा १५ जनाको मृत्यु, १ हजार ५ सय ६५ जना डिस्चार्ज, आजदेखि जेष्ठ नागरिकलाई कोरोना विरुद्दको भेरोसेल खोपको दोस्रो मात्रा लगाउन शुरु, बिहानै देखि खोप केन्द्रमा खोप लगाउनेको भीड ।

२. सहमतिको मस्यौदा बनाएर शीर्ष नेताबीच समझदारी निर्माण गर्ने कोसिसमा जुटे पनि एमाले कार्यदल, दुवै पक्ष ‘पर्ख र हेर’ को रणनीतिमा, डेढ महिनादेखि निष्क्रिय १० सदस्यीय कार्यदल सक्रिय बनाएर दुई दिन लगातार वार्ता गरे पनि दुवै पक्षले वार्तालाई निरन्तरता दिन सहमत, बैठक बुधबार पनि बस्ने,एमाले कार्यदल सक्रिय भएसँगै माधव नेपाल र प्रचण्डबीच भेटवार्ता ।

३. निर्वाचन आयोगलाई साक्षी राखेरै जनता समाजवादी पार्टी (जसपा)का नेताहरूले गरे एकै पार्टीमा नरहने औपचारिक घोषणा, पार्टीको नाम, झण्डा, चुनाव चिन्ह आफूले नेतृत्व गरेको समूहले पाउनुपर्ने जिकिरसहितको पत्रसमेत दुवै पक्षले आयोगलाई बुझायो, एक पक्षलाई आधिकारिकता दिन माग, राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ को उपदफा ६ नभइ ४५ अनुसार सुनुवाइ हुने । ।

४. प्रतिनिधि सभा पुनः स्थापना हुनेमा आफू विश्वस्त रहेको माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भनाई, सर्वोच्चले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्ने विश्वास ।

५. चिनियाँ कम्युनिष्ट पार्टीद्वारा विश्वका राजनीतिक दलका नेताहरूसँग अन्तरक्रिया, राजनीतिक दलहरुले जनताको आवाजलाई सुन्नु पर्नेमा चिनियाँ राष्ट्रपति सि जिनपिङको जोड, कोरोना भाइरसलाई लिएर राजनीतिक गर्न नहुने तर्क, भूगोलका आधारमा गरिने राजनीति गलत हुने प्रतिक्रिया, चीनले कहिले पनि प्रभूत्व स्थापित गर्न नखोज्ने विश्वलाई सन्देश ।

६. देशभर हुने आन्तरिक र अन्तर्राष्ट्रिय उडान सबै खुला गर्ने सरकारकाे निर्णय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री लिलानाथ श्रेष्ठका अनुसार सोमबारको मन्त्रिपरिषद् बैठकले दोस्रोपटक लगाइएको निषेधाज्ञाअघिकै अवस्थामा सबै आन्तरिक र अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय , पाललाई रोक नलगाइएका मुलुकमा नियमित उडान हुने ।

७. नेपाल आयल निगमद्वारा मंगलबार रातिबाट लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टीतेल, हवाई इन्धन र ग्यासमा मूल्यवृद्धि, पेट्रोल, डिजेल, मट्टीतेल र आन्तरिक वायु सेवाले प्रयोग गर्ने हवाई इन्धनमा दुई–दुई रुपैयाँ प्रतिलिटर, अन्तर्राष्ट्रिय वायु सेवाले प्रयोग गर्ने हवाई इन्धनमा १९ डलर प्रतिकिलोलिटर र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँ मूल्यवृद्धि, अब एक लिटर पेट्रोलको मूल्य एक सय २९ पुग्यो ।

८.नेपाली सेयर बजार निरन्तर ओरालो लाग्दै,मंगलबार ४ अर्ब २२ करोड ४० लाख बराबरको मात्रै सेयर कारोबार, सामाजिक सुरक्षा कोषविरुद्ध अदालतले दिएन अन्तरिम आदेश, ३१ गते दुबै पक्षलाई बोलाइयो, सरकारले खर्च बढाउन थालेपछि सातामै निक्षेप ४७ अर्ब रुपैयाँले बढ्यो, ऋण ७६५ अर्ब रुपैयाँ नाघ्यो, जीवन विकास लघुवित्तको आइपीओ भोलि बुधबार बाँडफाँट हुने, करिब ९१ प्रतिशतले शेयर नपाउने ।

९. १६ औं संस्करणको युरोकप खेल अन्तर्गत आज फाइनलका लागि इटाली र स्पेन भिड्दै, अर्को सेमिफाइनल खेल भोलि, कोपा अमेरिकाको सेमिफाइनल अन्तर्गत अर्जेन्टिनाले कोलम्बियाको सामना गर्दै, खेल बुधबार बिहान पौने ७ बजे हुने, यू–१९ विश्वकपको एशिया छनौट नेपालमा गर्न र पीएनजीसँग दुईदेशिय सिरिजका लागि क्यानको प्रस्ताव, महिला एसियन कपका लागि छनोट खेलहरू भारतको मुम्बई र पुनेमा हुने ।

१०.र, रूसी विमान दुर्घटना, विमानमा सवार २९ यात्रुको अवस्था अज्ञात, कोरोनाले एक हजार बढी इन्डोनेसियाली स्वास्थ्यकर्मीको मृत्यु, संसद् भवनमै मन्त्रीले गलत तरिकाले संवेदनशील अङ्गमा छोएको अस्ट्रेलियाकी पूर्वसांसद्को आरोप, भारतीय प्रधानमन्त्री मोदीसहित ३७ देशका सरकार प्रमुख ‘प्रेस स्वतन्त्रताका शिकारी’ का रुपमा चित्रित, बङ्गलादेशमा थप एक हप्ता ‘कडा लकडाउन’ हुने ।












