Logo
Logo

गृहले जारी गर्‍यो परिपत्र- जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिनू


- दृष्टि न्युज/संवाददाता



काठमाडौं ।

गृह मन्त्रालयले जन्मसिद्ध नागरिकका सन्तानले आमा र बाबु दुवैको नागरिकता ल्याए नागरिकता बनाइदिन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ।

यो संगै जन्मको आधारमा नागरिकता लिएका (जन्मसिद्ध) नागरिकका सन्तानले बाबु र आमा दुवैको नागरिकता ल्याए वंशजको नागरिकता पाउन बाटो खुलेको छ।

जन्मका आधारमा नागरिकता लिएका व्यक्तिका सन्तानले नागरिकता नपाएका कारण बेहोर्नुपरेको समस्या समाधान गर्न भन्दै गृहले मंगलबार परिपत्र जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्