Logo
Logo

एमाले कार्यदलले आज पनि एकताको विन्दु खोज्दै


दृष्टि संवाददाता


काठमाडौं । पार्टी एकताको पहल गर्न बनेको नेकपा एमालेको कार्यदलले आज पनि सहमतिको प्रयास गर्दैछ । आन्तरिक मतभेदका कारण पार्टी विभाजनको संघारमा पुगेको बेला अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेता सम्मिलित कार्यदलले गहन छलफल गरिरहेको छ ।

आज कुन विन्दुबाट पार्टी एकता कायम गर्न सकिन्छ भन्ने विषयमा नै छलफल हुने नेताहरुले बताएका छन् । कार्यदलका सदस्यहरुले अझै पनि पार्टी एकता कायम गर्न सकिने ठोस विन्दु या मुद्धा भेट्न सकेका छैनन् ।

मंगलबारको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमले झनै संकट पैदा गरेको भन्दै त्यसबाट उत्पन्न संकटले पार्टीमा परेको प्रभावबारे छलफल भएको थियो । पार्टी एकताको कुरा गरेर कारवाहीको धम्की दिने अध्यक्षको व्यवहारले परिस्थिति थप जटिलतातर्फ मोडिएको नेपाल समूहका नेताहरुले धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्